केराको बिमा रकम नपाएपछि निजगढका किसान आन्दोलित

बारा –  बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराकाे बिमा रकम नपाएपछि पीडित किसान आन्दाेलनमा उत्रिएका छन् ।मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन्। पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको […]