मन्दिरभित्र पसेको भन्दै दलितमाथि हातपात, वडाध्यक्ष पक्राउ तर पुजारी फरार

धनगढी : बाजुराको एउटा मन्दिरमा प्रवेश गरेको भन्दै दलित पुरुषमाथि कुटपिट भएको छ।जिल्लाको त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट भएको हो। बुढीगंगा नगरपालिका-५ नवाघर घर भई हाल कन्चनपुर बस्दै आएका ५० वर्षीया टेकेन्द्र सुनारमाथि कुटपिट भएको प्रहरीले जानकारी दिएको छ। बाजुरा प्रहरीकाअनुसार नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला दलितले मन्दिर प्रवेश गरेको भन्दै कुटपिट तथा गालीगलौज गरिएको हो। सुनारले मन्दिरमा आफूमाथि कुटपिट भएको भन