भदौ २८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
उक्त बैंकले २५ लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । अव यो ऋणपत्र लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।
नेप्से र बैंक बीच सोमवार धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै मंगलवारदेखि कारोबारमा आउनेछ । कम्पनीले ८ दशमलव ५ प्रतिशत आरविविएल ऋणपत्र नामक सूचीकृत गराएको हो ।