स्याङ्जा – पेट्रोलमा मिसावट गरी बिक्री गरेको प्रमाणित भएपछि स्याङ्जा सदरमुकाम पुतलीबजार ३ मा रहेको नेपाल पेट्रोल्यूब सप्लायर्स प्रालिलाई जिल्ला प्रशासन कार्यालयले जरिबाना तिराएकाे छ । पेट्रोलमा मिसावट गरी बिक्री गर्ने सञ्चालक तथा कर्मचारीलाई प्रशासनले जरिबाना गरेकाे हाे ।प्रशासनले मिसावट गरी पेट्रोल बिक्री गर्ने पम्पका सञ्चालक कृष्णप्रसाद शर्मा, जनकराज शर्मा, भगवती (रेग्मी) शर्मा र सम्झना शर्मा नेपाललाई जनही एक लाख ८० हजार र कर्मचारी सुवास क्षेत्रीलाई एक लाख गरी आठ लाख २० हजार रुपैयाँ जरिबाना तिराएकाे हो । यस्...