पार्टीभित्र एकता र प्रतिपक्षसँग प्रतिस्पर्धा हुनुपर्छ : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता मुख्य कुरा भएको बताउनुभएको छ । दशाैँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने बताउनुभयो । पार्टी भित्र एकता भएमात्रै बलियो भएर प्रतिपक्षसँग लड्न सक्ने ओलीको भनाइ छ । महाधिवेशनमा सहमतिको सम्भावना कम हुँदै गएको चर्चाका बीच अध्यक्ष ओलीले सहमतिमै जोड गर्नुभएको हो । अध्यक्ष ओलीले पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई धन्यव...

सम्बन्धित सामग्री

बीपीको 'राष्ट्रिय एकता र मेलमिलापको नीति' नयाँ पुस्ताका लागि पाठ

बीपी कोइरालाको स्वदेश फिर्ता राजनेता हुन जस्तोसुकै अवस्थाको सजाय भोग्न तयार हुनुपर्छ र जोखिम मोल्नुपर्छ भन्ने महत्त्वपूर्ण सन्देश पनि हो ।

‘मुस्लिम आयोग खारेज हुनुपर्छ’ : राष्ट्रिय एकता अभियान

काठमाडौं,७ साउन । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कुनै एक धर्म विशेषको नाममा सरकारले आयोग गठन गर्नु दुःखद रहेको बताउँदै त्यो आयोग खारेज हुनुपर्ने वा अन्य धार्मिक आयोगहरु पनि […]

वामपन्थीहरुको एकताका लागि ओलीको आह्वान, भन्छन्, ‘तर, एकता सक्कली हुनुपर्छ’

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन्। उनले एकताको नाममा अल्मलिने भूल चाहिँ एमालेले नगर्ने प्रष्ट्याएका छन्। नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा […]

‘जसपा र लोसपाबीच एकता सम्भव छ, तर पहिला समीक्षा हुनुपर्छ’

जसपाले लोसपालाई गठबन्धन र एकता लागि अफर गरेको छ ।  तर लोसपाले हालसम्म कुनै रेसपोन्स गरेको छैन । लोसपाका नेताहरू भन्छन्, ‘जसपाबाट हालसम्म एकताका लागि कुनै औपचारिक प्रस्ताव आएको छैन । मिडियामा आएको कुरालाई आधार मान्न सकिँदैन ।’चुनावको मिति घोषणा भइसकेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि गठबन्धनका लागि विभिन्न दलसँग कुराकानी सुरु गरेका छन् । एमाले र पाँच दलीय गठबन्धनको साथै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि उनले वार्ता थालेका छन् । तर अहिलेसम

काँग्रेस डराउनु पर्दैन, निर्वाचन अघि वाम एकता सम्भव छैन : एमाले

नेकपा एमालेले संघीय निर्वाचनअघि वा एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नभएको दाबी गरेका छन् । ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको चर्चा माओवादीले काँग्रेससँग बागर्नेनिङ गर्न चलाएको सुनियोजित हल्ला भएको दाबी गरे । 'काँग्रेस डराउनु पर्दैन, तत्काल वाम एकताको सम्भावना छैन', ज्ञवालीले भने । उनले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । ए

घनश्याम भुसाललाई ओलीको जवाफः तथाकथित विद्वान जिस्कने गर्छन्

काठमाडौँ – नेता घनश्याम भुसालले लेखेको कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्छ भन्ने आलेखको नेकपा एमाले अध्यक्ष केपी ओलीले चेतावनीयुक्त जवाफ दिएका छन्। भुसालले मंगलबार कान्तिपुर दैनिकमा ‘कम्युनिष्ट पार्टीको भविष्यः एकता कि सत्यानाश’ शीर्षकको आखेलमार्फत पुनः एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुपर्नेमा जोड दिएका थिए। भुसाललाई ‘तथाकथित विद्वान’ संज्ञा दिँदै ओलीले जिस्कने काम नगर्न चेतावनी […]

‘व्यवसायीबीच एकता हुनुपर्छ’

तुलसीपुर । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले व्यवसायीबीच एकता आवश्यक रहेको बताएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा आजदेखि तुलसीपुरमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै उनले हरेक कार्य गर्दा उद्योगी, व्यवसायीबीच एकता हुन आवश्यक रहेको बताए । अहिले हरेक सामाजिक सङ्घसंस्थामा पनि राजनीति देखा पर्ने भन्दै यसले विकृति मौलाएको उनको भनाइ थियो । उनले भाषणभन्दा […]

पार्टी एकताका लागि तयार छौँ तर सम्मानजनक हुनुपर्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए । ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग […]

प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव : राजीनामा दिनुहोस्, पार्टी एकता जोगाउनुहोस्

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन सुझाव दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै नेतृ पौडेलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राजनीतिक स्थिरता बनाउन सुझाव दिनुभएको हो । नेकपा विभाजन र संसद विघटन गर्ने कदमका मुख्य जिम्मेवार प्रधानमन्त्री ओली भएको उहाँको भनाई थियो । देश र जनताको बृहत्तर हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयो । ‘नेकपा फुट र प्रतिनिधि सभा विघटन गर्ने काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ। राजीनामा दिएर पनि नेकपाभित्रको फुट र संसद विघटन गर्ने काममा मुख्यरुपले प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रष्टै छ’, पौडेलले भन्नुभयो, ‘त्यसैले देश र जनताको बृहत्तर हीत तथा राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ।’ राजमो उपाध्यक्षसमेत रहेकी पैडेलले संसदमा अब अराजनीतिक सौदावाजी र सिद्धान्तहिन चलखेल बढेर जाने भन्दै राजीनामा दिएर पार्टी एकता बचाउन ओलीलाई सुझाव दिनुभयो । ‘राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नको लागि हामी अनुरोध गर्दछौं। त्यसो भएमा एउटा स्थीर सरकारको गठन पनि हुनसक्नेछ। अन्यथा संसदमा अराजनीतिक प्रकारको सौदावाजी वा सिद्धान्तहीन चलखेल बढेर जानेछ। र त्यसका दुरगामी दुस्परिणामहरु हुनेछन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ पौडेलले भन्नुभयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपनि दुई पार्टी मिल्नुपर्ने उहाँले बताउनुभयो । यदि पार्टी मिल्नै नसकेको अवस्थामा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने उहाँको भनाई छ। ‘सर्वोच्च अदालतको फैसला अनुसार बेग्ला बेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ’ उहाँले भन्नुभयो, ‘तर, एमालेभित्र नै पनि विभाजन देखिन थालेको छ। हाम्रो विचारमा उनीहरुको बीचमा नयाँ प्रकारले पार्टी एकता हुनुपर्छ । वा त्यो सम्भव नभए दुवैतर्फको संयुक्त मोर्चा बनाएर भएपनि सरकारको सञ्चालन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।’