आयल निगमको कार्यकारी निर्देशकमा १७ जनाको आवेदन [सूचीसहित]

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् ।  रिक्त रहेको कार्यकारी निर्देशक पदमा जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा लक्ष्मण पौडेललगायतले आवेदन दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले पुस २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।