केन्द्रमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन संघर्षरत नेकपा एकीकृत समाजवादी पार्टी प्रदेशसभातर्फ भने बढी पात पाएको तथ्यांकले देखाएको छ । सातै प्रदेशको प्रदेशसभातर्फ एकीकृत समाजवादी पार्टीले ३ लाख ६६ हजार ८८९ मत पाएको छ । तर, प्रतिनिधिसभाको समानुपातिकतर्फ भने सो पार्टीले २ लाख ९२ हजार ५९८ मत पाएको छ । यो हिसाबले हालसम्मको मतगणनामा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ७४ हजार २९१ कम मत पाएको छ । निर्वाचन आयोगका अनुसार सो पार्टीले प्रदेश १ को प्रदेशसभामाको समानुपातिकतर्फ ५४ हजार ८३१ मत पाए