लगानीकर्ताको गुनासो सुन्न एप बनाउने बोर्ड अध्यक्ष हमालको घोषणा, ब्रोकरको छुट्टै टिएमएस

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताको गुनासो ब्यबस्थापन गर्न एपको विकास गर्ने घोषणा गरेका छन् । बोर्डले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष हमालले लगानीकर्ताको गुनासो सुन्ने, ब्यबस्थापन गर्ने र ट्रयाकिङ गर्ने प्रयोजनको लागि एप बनाउने बताएका हुन् । उनले यस एपले लगानीकर्ताले गरेको गुनासोबारे के के काम भयो, कहाँ पुग्यो, त्यसबारे के के भयो भन्ने जानकारी दिने बताए । एचडिएलको उदाहरण दिदै उनले एचडिएलमा अर्डर गरेको कहाँ पुगेको छ भन्ने ट्रयाक गरेजस्तै गुनासोको पनि त्यसगरी ट्रयाक गर्न सकिने खालको एप बनाउने बताए । त्यस्तै उनले बजारमा धेरै भन्दा धेरै रियल सेक्टरलाई बजारमा ल्याउन पहल गर्ने बताए । रियल सेक्टर कम्पनीलाई बजारमा ल्याउनको लागि आफुले गर्न सक्ने जति सबै कार्य गर्ने उनले बताएका छन् । त्यस्तै ब्रोकरले पनि आफ्नो छुट्टै टिएमएस चलाउन सक्ने ब्यबस्था गरिने पनि उनले बताए । उनले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा अध्ययन भइरहेको बताए । अध्ययन समिति बनेको र त्यसले दिएको सुझावका आधारमा अघि बढने उनले बताए । त्यस्तै टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने उनले बताए । उनले आफ्नो कार्यकालमा बोर्डको क्षमता अभिवृद्धि गर्ने, बोर्डको आफ्नै भवन बनाउन पहल गर्ने, बजारलाई प्रभावकारी बनाउने, बजारमा नयाँ नयाँ प्रडक्ट ल्याउने, वित्तीय साक्षरताको लागि इन्स्टिच्युट बनाउने, कमोडिटी बजारको लागि आवश्यक पर्ने कानुन बनाउने प्रतिवद्दता पनि जनाएका छन् । 

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

भुवनलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक

काठमाडौँ– लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो । २०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी एमालेमा माधव नेपालनिकट […]

सम्झनालाई बोर्ड अध्यक्ष नबनाउन माग

काठमाडौं । संगीतकार गोपाल योञ्जनको गीतलाई परिवारको अनुमति बिना युट्युव च्यानलमा राखेको योञ्जनकी छोरी सृजना सिंह योञ्जनले त्यसको विरोध गरेकी छिन् । चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने तयारीमा दौडिएकी चलचित्र निर्देशक सम्झना रौनियारले बुबाको गीतको प्रतिलिपि हनन गरेको भन्दै सम्झनालाई अध्यक्ष नबनाउन सृजनाले अपिल गरेकी छिन् । सृजनाका अनुसार चलचित्र मेघाका निर्माता निर्देशक सम्झना रौनियार […] The post सम्झनालाई बोर्ड अध्यक्ष नबनाउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

धीतोपत्र बोर्ड अध्यक्ष काँग्रेसको भागमा, पाँच जनाको नाम सर्टलिष्ट

काठमाडौं, २४ माघ । धीतोपत्र बोर्डको अध्यक्ष नेपाली काँग्रेसको भागमा जाने भएको छ । सत्ता गठबन्धन दलहरुबीच अर्थ मन्त्रालय क्षेत्रहरुमा राजनीतिक नियुक्तिमा बाँडफाँड हुँदा धीतोपत्र काँग्रेसको भागमा परेको हो । धीतोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आवेदक १५ जनामध्ये पाँच जनाको नाम सर्टलिस्ट गर्दा सबै काँग्रेस निकटस्थहरु परेका छन् । जसमा डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, […]

धितोपत्र बोर्ड अध्यक्ष छनोट समिति निष्क्रिय, चार महिनादेखि नेतृत्वविहीन

पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति निष्क्रिय भएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अलमलमा परेको छ । अर्थ मन्त्रालय र छनोट समितिबीच तालमेल नमिल्दा बोर्ड अध्यक्ष...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी

९ मंसिर, काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी गरिएको छ । अर्थमन्त्रालयले नयाँ प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरेको हो । बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था छ । आयोगको यो […]