रहेनन् पूर्वन्यायाधीश लम्साल

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ। ८४ वर्षीय लम्सालको उपचारका क्रममा बिहीबार बिहान निधन भएका सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत उनको अस्पतालमै निधन भएको हो। लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत थिए।  

सम्बन्धित सामग्री

रहेनन् पूर्वन्यायाधीश प्रचण्डराज अनिल

काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलकाे ९२ वर्षको उमेरमा निधन भएको छ । उनी मुटुरोग, ब्लडप्रेसर र सुगरको बिरामी थिए ।  गंगालाल अस्पतालमा उपचारको क्रममा उनकाे मंगलबार निधन भएको हो । पारिवारिक स्राेतका अनुसार उनको बुधवार अन्तिम संस्कार गरिने  छ । पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए । उनी विशेष […]