साइकल गस्तीमा हिँडेका प्रहरी सहायक निरीक्षकको चट्याङ लागेर मृत्यु

काठमाडौँ । चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ। सोमबार राति १० बजेतिर साइकल गस्तीमा हिँडेका बेला भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी सो चौकीका प्रमुखसमेत हुन्। गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको थियो । […]

सम्बन्धित सामग्री

मकवानपुरमा चट्याङ लागेर मृत्यु

मकवानपुरको वकैया  गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

बागलुङमा चट्याङ लागेर २८ वर्षीया युवतीकाे मृत्यु

बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।

रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

सियारी गाउँपालिका-२ का ४५ वर्षीय रामनाथ बरईको चट्याङ लागेर मृत्यु भएको हो ।

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुई जनाको चट्याङ लागेर मृत्यु

राजविराज : वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका-३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ। गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर…

चट्याङ लागेर मृत्यु

काठमाडौँ,२४ जेठ । मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रनाउ कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । उनको […]

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । नवलपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको आइतबार साँझ चट्याङ लागेर मृत्यु भएको हो । काम गरेर घर फर्किंदै गरेको अवस्थामा उनलाई चट्याङ लागेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका थारुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे। चट्याङबाट थारूको […]

चट्याङ लागेर एकको मृत्यु

बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख राहत

गुल्मी : चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत प्रदान गरिएको छ। मुसिकोट नगरपालिका–४ बडागाउँकी करिष्मा गाहाको गत वैशाख २४ मा चट्याङ लागेर मृत्यु भएको थियो।करिष्माका ससुरा तुलबहादुर गाहालाई गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरमै गई राहत रकम प्रदान गरेकी हुन्। शर्माले कोरोना महामारी र विभिन्न समस्याले गर्दा केही ढिलो राहत उपलब्ध गरिएको बताइन्।मुसिकोट नगरपालिका–१ नेटामा माइती घर भएकी करिष्माको बिहे भएको तीन महिना १० दिनमा चट्याङ लागेर मृत्यु भएको थियो।&n

चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख राहत प्रदान

गुल्मी : चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत प्रदान गरिएको छ। इश्मा गाउँपालिका–४ दोहोलीका ११ वर्षीय राहुल गन्धर्वको गत साउन २७ मा मृत्यु भएको थियो।उनका बुबा रामबहादुर गन्धर्वलाई घरमै पुगेर गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयको तर्फबाट मृतकका परिवारलाई दुई लाख र उपचारका लागि यातयात खर्च बापत तीन हजार रुपैयाँ प्रदान गरिएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका राहुलको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।रामबहादुरसहित चट्याङ लागेर घाइ

चट्याङ लागेर मृत्यु

काठमाडौं। पछिल्लो चौबिस घण्टामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार कपिलवस्तुको मायादेवी गाउँपालिका-३ बस्ने एक महिलाको चट्याङ लागेर मृत्यु भएको हो। डडेलधुराको पर्शुराम नगरपालिका-१० स्यापसालामा र अछामको चौरपाटी गाउँपालिका-४ मा एक/एक जना महिला चट्याङ लागेर घाइते भएका छन्।