जर्वजस्ती करणी उद्योग मुद्दामा प्रहरी अनुसन्धानमा रहनु भएको लहान नगरपालिका उपप्रमुख रामचलितर महतो थुनछेक सुनवाइमा एक लाख धरौटीमा आइतबार रिहा हुनु भएको छ ।
लहान : बलात्कार आरोप लागेका लहान नगरपालिका उपप्रमुख रामचलितर महतो थुनछेक सुनवाइमा एक लाख धरौटीमा आइतबार रिहा भएका छन्। २१ वर्षीया युवती जागिरको खोजीमा उपप्रमुख महतोको कार्यकक्षमा जाँदा कोठाको चुकुल लगाएर जर्वजस्ती करणी गर्न खोजेको आरोपसहित असार ४ गते इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएकी थिइन। मुद्दा दर्ता भएपछि उपप्रमुख महतो फरार रहेका थिए। भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा आफैँ उपस्थित हुनुभन्दा अघि उपप्रमुख महतोले राजनीतिक जीवनलाई धरापमा पार्न यस्तो आरोप