अमेरिकी राजदूतले भेटे गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त बताइएको छ ।

सम्बन्धित सामग्री

अमेरिकी राजदूत बेरीले भेटे गृहमन्त्री खाँणलाई

काठमाडौं, ११ साउन । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत बेरीले सिंहदरबारस्थित् गृह मन्त्रालयमा पुगेर मन्त्री खाँणसँग भेटवार्ता गरेका थिए । उनले नेपाललाई थप कोरोना खोप आवश्यक रहेमा सहयोगलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइने पनि बताएका छन्। भेटमा गृहमन्त्री खाँणले सरकारको प्राथमिकता जनतालाई खोप लगाउनु […]