चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन्।
आइतबार सम्पन्न सङ्घको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षद्वयमा सुनिल रिजाल, विष्णु शाही, महासचिवमा घनश्याम लुइँटेल, सचिवद्वयमा रमेश कार्की र गीतादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सहकोषाध्यक्षमा अनिलकुमार बरालसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले अधिवेशनको शुभारम्भ गर्दै समृद्ध नगरपालिका बनाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताए । उनले भने, “कोरोनाबाट व्यवसायका क्...