२ नम्बर प्रदेशको बजेट सर्वसम्मत पारित भएको छ ।
प्रक्रिया छोट्याएर मंगलवार प्रदेश सभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो ।
आर्थिक वर्ष २०७८/७९ का लागि असार १ गते प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
तीमध्ये चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत, पूँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३० प्रतिशत छुट्याइएको छ ।
असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्य...