काठमाडौं । भारतर्फको विद्युत निर्यात एक अर्ब युनिट नाघेको छ । मंगलबारसम्म भारतमा एक अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
देशभित्र खपत...