वैशाख १३, काठमाडौं । १९ ओटा जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा कुल रू. १ खर्ब २ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।
बीमा समितिले सार्वजनिक गरेका तथ्यांक अनुसार उक्त बीमाशुल्क आर्जन गरेका हुन् । १९ ओटा कम्पनीमध्ये सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।
कम्पनीले चैत मसान्तसम्ममा रू. २६ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेको हो । त्यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले रू. १२ अर्ब ४५ करोड बीमाशुल्क आर्जन गरेका छ । त्यस्तै, सबैभन्दा कम बीमाशुल्क महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ ।
कम्पनीले चैत मसान्तसम्मममा रू. १ अर्ब ८ करोड बीमाशुल्क आर्जन गरेको हो । चैत महीनामा मात्रै यी १९ ओटा कम्पनीले कुल रू. १० अर्ब २२ करोड बीमाशुल्क आर्जन गरेका हुन् ।
स्रोत : बीमा समिति