लोककथा : गरीब किसान, बकुल्लासिंह र माछा

  (यो लोककथा जंगलापुर नगरीमा बहुत प्रचलित लोककथा हो। अन्य नगरका कोही कसैसित मिल्न गएमा संयोग मात्र हुनेछ।)जंगलापुर नगरीमा एउटा गरीब किसान बस्दथ्यो। उसको घर नजिकै एउटा पोकेकुण्ड नामको तलाउ थियो। एकदिन उसले त्यो तलाउमा माछा पाल्ने बिचार गर्यो। माछा बेचेर यसो दुई चार पैसा आम्दामी गरौंला, घरखर्च टारौंला भन्ने उसको उद्देश्य थियो। यसको लागि उसले पोखरी सरसफाइ गर्यो। माछाका भुरा ल्याएर पोखरीमा हाल्यो। आफू नभ्याउने भएकोले माछाको रेखदेख गर्ने जिम्मा चाहिं बकुल्लासिंह नाम गरेको नामी पहलमानलाई दिय