काठमाडौं : उनीहरू कसैको अनुहारमा आफन्तले नै एसिड फ्याँके, कसैको सम्बन्धविच्छेद भइसकेको पतिले त कसैको आफ्नै साथी, आफ्नै प्रेमी, कसैको आफ्नै दाजुभाइले समेत एसिड फ्याँके।जीवनको सबैभन्दा कष्टकर समय, एउटा अनिच्छित घुम्ती काटेर उनीहरू एउटा सहज र खुशी जीवन बिताउन चाहन्छन् र धेरै हदसम्म सफल पनि छन्। काठमाडौं अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को अन्तिम दिन सोमबार पर्यटन बोर्डमा भारतीय निर्देशक सिद्धान्त सरिन र देवकोन सिंह सोलंकीको डकुमेन्ट्री फिल्म ‘आइना’