सरकारले यो वर्षको दशैं तिहार लगायतका चाडवाडमा माछा, मासुजन्य उपजको अभाव नहुने जनाएको छ । खसी बोका आयात तथा बजार व्यवस्थापनमा समस्या देखिएको गुनासो बढिरहँदा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतका निकायले अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।