सल्यान – सल्यानको बागचौर नगरपालिका ४ सेतोगुराँसमा भदौ १२ गते घर भत्किएर पाँच जनाले ज्यान गुमाएको घटनामा बाँच्न सफल तीन बालिकाको नाममा प्रशासनले बैंक खाता सञ्चालन गरिदिएको छ ।
घटनामा ५ जनाले ज्यान गुमाएका थिए भने एक बालिका बाँच्न सफल भएकी थिइन् । यस्तै २ जना बालिका भने साथीको घरमा गएका कारण बाँच्न सफल भएका थिए...