लालीगुराँस नगरपालिका–७ लसुनेमा बेमौसमी तरकारी खेती गरिहेका युवा साजन विश्वकर्मा दुई वर्षअघिसम्म तरकारी बालीमा हानिकारक विषादीको प्रयोग गर्थे । बेमौसमी तरकारी बालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि विश्वकर्मा प्रत्येक महिना मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिएका कार्बोफ्युरान र बायोर ग्रुपका विषादी अन्धाधुन्ध प्रयोग गर्थे ।