काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनकाे चुनावी प्रक्रियाका लागि पहिलो चरणको तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पर्सि काठमाण्डौमा उद्घाटन हुनुअघि भोलिसम्ममा देशैभरका वडा, गाउँ-नगर, जिल्ला र प्रदेश अधिवेशनको विवरण आइसक्ने बताउनुभयो ।
उहाँका अनुसार एक सय ६० वटा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । अहिले मनोनयन पत्र, मतपत्र कस्तो बनाउने भन्ने विषयमा समितिमा छलफल भइरहेको उहाँले बताउनुभयो । यसैगरी, उहाँले राष्ट्रि...