चिटिक्क बन्दै सिन्धुलीगढी दरबार

सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो। लोकगायक कृष्णविक्रम थापाले विक्रम संवत् २०३६ मा यो गीत गाउँदा सिन्धुलीगढीदरबारको सुन्दरता जति वर्णन गर्नलायक थियो, त्यसपछि भग्नावशेषमा परिणत उक्त दरबारको पुनर्निर्माणसँगै पुरानै शैलीमा फर्किंदै गएको छ।

सम्बन्धित सामग्री

सिन्धुलीगढी दरबार पुरानै शैलीमा बन्यो

सिन्धुली । सिन्धुलीगढी दरबार पुरानै ढाँचा र शैलीमा निर्माण भइरहेकोे छ । सिन्धुलीगढी परिसरमा रहेको गढी दरबारको पुनर्निर्माण भएसँगै सिन्धुलीगढीमा विगतको तुलनामा पर्यटकहरुको घुइँचो लाग्न थालेको हाे । सिन्धुलीगढी दरबार भनेर चिनिने यो दरवार तत्कालीन अवस्थामा सिन्धुली र रामेछाप लगायतका विभिन्न जिल्लाहरु अर्थात पूर्व २ नम्बरको प्रशासन सञ्चालन गर्ने अड्डाका रूपमा रहेको थियो । सन् […]

चिटिक्क गढी दरबार

‘सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई, कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो’ कृष्णविक्रम थापाले गाएको चर्चित गीतजस्तै अहिले सिन्धुलीगढी दरबार चिटिक्क परेको छ। भत्किएर भग्नावशेषमा परिणत भएको ऐतिहासिक सिन्धुलीगढी दरबारलाई बागमती प्रदेश सरकारले पुरानै शैलीमा पुनर्निर्माण गरेको हो।