लाभांश घोषणा गर्दै वाणिज्य बैङ्क

वार्षिक साधारण सभा र आफ्ना सेयरधनीलाई लाभांश घोषणाको माहौलमा रहेका वाणिज्य बैङ्कहरूले धमाधम घोषणा गरिरहेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २६ वाणिज्य बैङ्कमध्ये २३ वटा वाणिज्य बैङ्कले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने बाँकी तीनवटाले घोषणा गर्न बाँकी छ । हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कबाहेक अन्य २६ वटा वाणिज्य बैङ्क नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् ।

सम्बन्धित सामग्री

११ वाणिज्य बैङ्कसहित १८ कम्पनीको लाभांश प्रस्ताव

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमध्ये १८ वटाले अहिलेसम्म आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैङ्क, चारवटा बीमा कम्पनी, एक लघुवित्त संस्था, दुईवटा अन्य कम्पनी र एक होटल छन् ।