पर्यटन व्यवसाय पुनरुत्थान हुँदै छ : सुरेश अधिकारी

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरुत्थान हुन थालेको बताएका छन् । आज यहाँ आयोजित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको समापन कार्यक्रममा उनले पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा आशा गर्ने ठाँउ भएको बताएका हुन् । उनले भने ‘पछिल्लो तीन वर्षदेखि प्रभावित पर्यटन व्यवसायको अहिले पुनरुत्थान […]

सम्बन्धित सामग्री

कर्णाली सरकारमा गयो कांग्रेस, चार मन्त्रीले लिए शपथ

काठमाडौँ- कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्...

कर्णाली सरकारमा गयो कांग्रेस, चार मन्त्रीले लिए शपथ

काठमाडौँ- कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्...

कर्णाली सरकारमा सहभागी भयो कांग्रेस, चार मन्त्रीले लिए शपथ

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुनःगठन गठन गरेका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् ।राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन...

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् । संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी केही समयअघि शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । अधिकारिसँग निर्वाचन आयोग, पर्यटन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन साथै अख्तियारमा बसेर काम गरेको अनुभव छ […]

प्रतिनिधिसभाको सचिव नियुक्तिका लागि सुरेश अधिकारीको नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको सचिवका लागि पूर्वसचिव सुरेश अधिकारी सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले अधिकारीलाई सचिवमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी केही समयअघि शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । अधिकारिसँग निर्वाचन आयोग, पर्यटन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन साथै अख्तियारमा बसेर काम गरेको अनुभव छ […]

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी

बेइजिङ (चीन) । नेपाल र चीनबीच विभिन्न १२ ओटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।  विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।  चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे ।  नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थमन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ । त्यसैगरी चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । त्यसैगरी चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयका लागि पनि सहमति भएको छ । यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ । सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । सो अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ । उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा. रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।  साथै प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । रासस

सिद्धार्थनगर होटल संघको प्रतिनिधिमण्डल श्रीलंका भ्रमणमा

काठमाडौं । सिद्धार्थनगर होटल संघको प्रतिनिधिमण्डल श्रीलंका भ्रमणमा निस्किएको छ । कोभिडपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे चासो राखिरहेकाले श्रीलंकामा प्रचारप्रसारका लागि भन्दै संघको प्रतिनिधि मण्डल मंगलवार त्यसतर्फ गएको हो ।  संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय होटल व्यवसायीको टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र पर्यटन बोर्डका प्रतिनिधि समेत सहभागी छन् ।  जुन २७ देखि जुलाई २ सम्म श्रीलंकाको कोलम्बो र क्यान्डीमा तय गरिएको कार्यक्रममा त्यहाँका छुट्टाछुट्टै शहरका प्रतिष्ठित पर्यटन व्यवसायी, एक सयभन्दा बढी टूर अपरेटर तथा श्रीलंकाली सरकारी विशिष्ट अधिकारी, श्रीलंकाका लागि नेपाली राजदूत र पत्रकारको उपस्थितिमा ‘लुम्बिनी महोत्सव तथा बीटुबी कार्यक्रम’ गरिने बताइएको छ ।  उक्त अवसरमा श्रीलंकाली सरकारी निकायसँग गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई सम्पर्क बढाउन पनि विशेष पहल हुने बताइएको छ ।

नेपालको पर्यटन उद्योगको विकास : सफलताका लागि सहकार्य कार्यक्रम सम्पन्न

काठमाडौं, ९ फागुन । गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड र युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिज्मको संयुक्त आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, पूर्वराजदूतहरु अन्जान शाक्य, भिम उदास, दिपक धिताल, लक्कि शेर्पा, मधुरमण […]

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनन्जय रेग्मीलगायत हातमा कुचो बोकेर सरसफाइ अभियानमा सहभागी भएका थिए।...