राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको छ । आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएसँगै बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बीमा विधेयक, २०७९ लागू हुने भएको छ । अन्य बीमा कम्पनीहरु बीमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र राष्ट्रिय बीमा संस्थान बीमा विधेयक, २०२५ अनुसार सञ्चालनमा रहँदै आएको छ । तर, आइतबारको प्रतिनिधिसभाको बैठकले सो बीमा विधेयक खारेज गर्दै बीमा विधेयक, २०