पैसा (बजेट) नभएर गरिब हुनु स्वाभाविक हुन सक्छ तर बजेट भएर पनि गरिब हुनु अस्वाभाविक हुन्छ । पैसा नभएर भोको परेको अनुभव कैयौँ व्यक्तिसँग हुन सक्छन् तर खल्तीमा पैसा भएर पनि पैसा मास्न नसकेर भोको कोही रहन्छ भने उसको कार्यशैली, दक्षता, क्षमता तथा तत्परतामा कहीँ न कहीँ कमजोरी छ भन्ने स्पष्ट हुन्छ । पँुजीगत खर्च गर्ने सन्दर्भमा नेपालको अवस्था खल्तीमा पैसा राखेर भोकै बस्नुसरह हुँदै आएको छ । पुँजी छ, खर्च गर्न सकिएको छैन । यस्तो समस्या एकाध घटनाले वा कुनै एक निश्चित वर्षमा मात्र भएको होइन । बजेट खर्च गर्न नसक्ने समस्या क्रमशः नेपाली अर्थतन्त्रको चरित्रकै अङ्गका रूपमा स्थापित हुँदैछ । चालू आर्थिक वर्ष २०७७÷७८ को आधा अवधि (छ महिना) मा
५० अर्ब ८२ करोड रुपियाँ मात्र पुँजीगत खर्च भ