शिशु चोरीको आरोपमा जनकपुरबाट तीनजना पक्राउ

जनकपुरमा सात महिने शिशु चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका दुई महिला र एक पुरुषलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका वडानम्बर १० का संजित मुखियाकी ३५ वर्षीया पत्नी मनिषा देवी मुखिया, औरही गाउँपालिका वडानम्बर १ स्थित पौडेश्वर घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने बिगुल मुखियाकी २० वर्षीया पत्नी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ४