पाटनको कृष्ण मन्दिर अगाडि रघु आदित्य आफ्नो 'चिम्पु' सँग डुल्दै थिए। सानो र दुब्लो भएपनि चिम्पु राम्रो नश्ल (ब्रिड) को देखिन्थ्यो। धेरैले चिम्पु कुन ब्रिडको भनी सोध्छन्। उनी हाँस्दै जवाफ फर्काउँछन्, 'यो त सडकबाट उठाइएको कुकुर हो।'
अर्थात् भुस्याहा कुकुर।
२०७२ सालमा गएको भूकम्पमा बेवारिसे अवस्थामा सडकमा भेटेका थिए