चार वर्ष पहिले साढे ३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका ७७ प्रतिवादी मध्ये सबै प्रहरीले सफाइ पाएका छन् । मंगलबार मोरङ जिल्ला अदालतले गरेको फैसला अनुसार ८ जनालाई जेल सजाय भएको छ भने फरारको सूचीमा रहेका २१ जनाको मुद्दा मुल्तवीमा राखिएको छ ।सफाइ पाउने प्रहरीहरूमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, हाल डीआईजी रहेका तत्कालीन एसएसपी दिवेश लोहनी, एसएसपी श्यामबहादुर खत्री र एसपी विकासराज खनालसमेत छन् । त्यसैगरी सुन काण्डमा मुछिएका डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा मग