अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणले विश्वका अधिकांश मुलुक आक्रान्त भैरहेको छ । नेपालमा अघिल्लो वर्षकोभन्दा यस वर्षको संक्रमण नियन्त्रण बाहिर रहेको जस्तो देखिए पनि अहिले स्थिति विस्तारै नियन्त्रणमा आउँदै गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव, अस्पतालहरुमा आईसीयु र भेन्टिलेटरको अभावका कारण उत्पन्न त्रास अहिले केही कम भएको छ तापनि …