२ सय करोड ठगी केसमा ज्याकलिन, विदेश जान रोक

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई प्रहरीले देश छोडेर बाहिर जान रोक लगाएको छ। २ सय करोड ठगीको आरोपित सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकलिनलाई आइतबार मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको हो। भारतीय सञ्चार माध्यमका अनुसार उनी सलमान खानको ‘द–बैंग टुर’का लागि साउदी रियाद उड्ने तयारीमा थिइन्। केही समयअघि आरोपित चन्द्रशेखरसँगको फोटो सार्वजनिक भएपछि ज्याकलिन यो केसमा मुछिएकी थिइन्। ज्याकलिन पनि प्रत्यक्ष रूपमा ठगीमा संलग्न भएको ह

सम्बन्धित सामग्री

ज्याकलिनको याचिका

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज लामो समयदेखि दुई सय करोड भारु मुद्रा अपचलन आरोप लागेका भारतीय नागरिक सुकेश चन्द्रशेखरको मद्दामा जोडिएर कानुनी झमेलामा फसिरहेकी छन्। सुकेशसँग ज्याकलिनको सम्बन्ध रहेको प्रमाणित भएपछि उनलाई भारतीय प्रवर्तन निर्देशनालयले विदेश जानसमेत रोक लगाएको थियो। यहीबीच ज्याकलिनले आफ्नी आमालाई भेट्न बहराइन जाने अनुमतिका लागि दिल्ली हाई कोर्टको ढोका ढकढकाएको भारतीय सञ्चार […]

ज्याकलिनलाई विदेश जान रोक लगाइयो

२० मंसिर, काठमाडौं । विदेश जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा रोकिएको छ । उनी अभिनेता सलमान खानको ‘द–बैंग टुर’का लागि रियाद उड्ने तयारीमा थिइन् । तर, उनलाई मुम्बई विमानस्थलको अध्यागमन विभागले विदेश उड्नबाट रोकेको छ । ज्याकलिन दुई सय करोड भारतीय रुपैयाँको धोकाधडी मुद्दामा फसेकी छन् । प्रहरीका अनुसार उनी यो मुद्दाको […]