माओवादीको आठौं महाधिवेशन प्रज्ञा भवनमा जारी छ । पुस ११ देखि शुरू भएको महाधिवेशन नेतृत्व चयन गर्न नसक्दा लम्बिएको छ ।
निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरेको छ । तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी गरेका छन् ।
यसैक्रममा भारतीय मिडियाले प्रचण्डको आलोचना गर्दै समाचार लेखेको छ । अमरउजाला प्रचण्ड प्रतिनिधिहरूको आलोचनाबाट मुक्त हुन नसकेको लेखेको छ ।
साथै उसले प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन विना संशोधन पारित गरिएको भन्दै यसले पार्टीमा असन्तुष्...