सुर्खेत गोलीकाण्डमा भारतीय सुटर

वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा शनिबार राति भएको गोलीकाण्डका अभियुक्त चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शनिबार राति विनोद गिरीमाथि गोली प्रहार भएको थियो । गोलीकाण्डमा संलग्न भएको आरोपमा भारतीय सुटर र अन्य तीन गरी चार जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

सुर्खेतमा तरुण दलका नेतामाथि गोली हान्न भारतीय सुटर प्रयोग

१३ फागुन, सुर्खेत । शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद गिरीलाई ताकेर गोली प्रहार भयो । नगरपालिका–१, देउतीथानस्थित उनको घर पुग्नुभन्दा केही अगाडि गोली हान्दा उनको गाडीको सीसामा लाग्यो । विनोदले गाडी रोक्दा मोटरसाइकलमा दुई जनालाई देखे । उनीहरु मोटरसाइकल फर्काएर विपरीत दिशातिर भागे, विनोदले गाडी फर्काएर पिछा […]

ह्वाट्स एपमार्फत बनेको गिरी हत्या योजनामा  प्रयोग भएका थिए भारतीय सुटर

सुर्खेत प्रहरीले शनिबार राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भएको गोली प्रहारमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।