१९५४ देखि १९७२ सम्म जापानी अर्थतन्त्र बियरको फिँज उठेको जस्तो गरी विकास भएको थियो । अमेरिकाबाट सहयोग पाएपछि र आन्तरिक आर्थिक सुधार गरेपछि जापान १९५० को दशकदेखि १९७० को दशकसम्म ह्वात्तै माथि उठ्न सफल भएको थियो । योभन्दा पनि स्वयं जापानले औद्योगीकरण ग-यो र पूर्वी एसियामा पहिलो विकसित मुलुक भयो । १९६७ देखि १९७१ सम्मको ‘द जापानिज इकोनोमिक इयरबुक्स’ ठूलो आर्थिक वृद्धिको प्रमाण हो ।