अमेरिकाले आउँदो मे १२ मा कोभिड शिखर सम्मेलन गर्ने भएको छ ।
कोरोना महामारीको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन आयोजना गर्न लागेको ह्वाइटहाउसलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।
शिखर सम्मेलनमा वर्तमान जी सेभेनकाे अध्यक्ष जर्मनी, जी २० को अध्यक्ष इन्डोनेसिया, अफ्रिकी सङ्घ अध्यक्ष सेनेगल र बेलिज, क्यारिकोम क्यारिबियन समूहको अहिलेका अध्यक्ष देशहरुसहित अमेरिकाले भर्चुअल भेलाको सह–अध्यक्षता गर्नेछ ।
शिखर सम्मेलनले कोभिड–१९ महामारीको तीव्र चरणको अन्त्य ...