२२ भदौ,बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलको चुरे क्षेत्रमा गएको पहिरो नियन्त्रणलाई प्राथमिकतामा राख्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । रूपन्देही २ का सांसद समेत रहेका पौडेलले सोमबार ज्योतिनगर र लक्ष्मीनगरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै छिट्टो पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराए । […]