काठमाण्डाै - लामो समयपछिको वर्षाका कारण हिउँदे बालीलाई फाइदा पुगेको छ । सुकेका बालीमा सिँचाइ भएको छ । यतिबेला गहुँ, आलु, तोरीलगायतका हिउँदे बालीमा सिँचाइको समय भएको थियो ।
सिँचाइ सुविधा नभएका ठाउँमा हिजोको वर्षाले राहत दिएको छ । तर, हिउँदे बालीलाई फाइदा पुगे पनि हिजो केही ठाउँमा परेको असिनापानीले फलफूल खेतीमा भने नोक्सानी पुर्याएको छ । यतिबेला सुन्तला, आरु, आरुबखडालगायत फलफूलको फूल र चिचिला लाग्ने समय हो । हिजोको असिनापानीले फूल र चिचिलामा नोक्सानी गरेको छ।
पोखरामा फूल खेल्न...