सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बाराको बारगढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसैगरी, बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं.६ बर्मेली टोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेक्कामा ए.टी.एम सेवा संचालनमा ल्याएको छ । ए.टी.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए.टी.एम सेवा अन्तर्गत ए.टी.एम कार्ड र बिना ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बलमा प्रहरी कर्मचारीहरु