जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।जलेश्वर नगरपालिका ९३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पञ्चायत बस्ने नियन्त्रणमा लिएका थिए ।भिट्टामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले निजलाइ पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । -न्युज