आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । मतदानस्थलको सुरक्षामा थप सुरक्षाकर्मीको आवश्यकता परे तत्कालै थप सुरक्षा सुरक्षाकर्मी उक्त स्थानमा पुग्नसक्ने गरी मतदानस्थलमा सुरक्षाको व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले