सुदूरपश्चिम प्रदेशसभामा पाँचौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ ।
मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सर्मिला कुमारी पन्तले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।
कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन रहेकाले बैठक बस्न नसक्ने भएको हुनाले आइतबार नै सबै सांसद्हरुलाई एसएमएस गरेर प्रदेश सभा सचिवालयले हिउँदो अधिवेशन अन्त्य भएको जानकारी गराएको छ ।