काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौं’ भन्ने आह्वान गरेका छन्। राजनीतिक दलहरु, सञ्चारमाध्यम, विभिन्न पेशा, वर्ग, समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच वृहत्तर सहकार्य आज आवश्यक भएको समेत उनले बताए। आज सम्पादकहरुसँग अन्तरक्रिया गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथिका प्रहार र खतरालाई चिर्न सबै मिलेर अघि बढ्नुपर्ने जनाए।