माधव नेपालले जबज र मदन भण्डारीको अपमान गरेर पतनको बाटो रोजे

‘मदन भण्डारीलाई अपमान गरेर, मानमर्दन गरेर, जबजलाई अस्वीकार गरेर माधव कमरेडले जुन कमजोरी गर्नुभएको छ यसको ठूलो मूल्य चुकाउनुपर्ने छ । यो भन्दा पतनको बाटो अरु के हुन सक्छ ? यसबाट पनि एमाले विभाजन होइन भन्ने आम कार्यकर्ताले बुझेका छन् । एमालेमा वर्षौ लगानी गरेका आम कार्यकर्ताले जबज छोडेर अवसरका लागि पार्टी छाड्नेलाई साथ दिनैसक्दैनन् ।’