सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला

ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।  शुक्रबार बिहान भेटिएको उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको एसपी सुधिर शाहीले रातोपाटीलाई जानकारी दिए । निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।आजै बिहान काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको थियो । हाँडीगाउँमा प

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला परेका छन् । ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकर बम राखिएको ठाउँ नजिक ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय छ । त्यस्तै, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेका छन् । चुनाव बिथोल्न र डर, त्रास पैदा गर्ने उद्देश्यले विभिन्न ठाउँमा शङ्कास्पद वस्तु राखिएको प्रहरीको भनाइ छ ।