सरकारले बिहीबार प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५' लाई फिर्ता लिने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ । बिहीबार २ बजे प्रतिनिधिसभा बैठक सुरु हुने छ ।