मोरङको केराबारी गाउँपालिका वडा नम्बर १ मा महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीय पवित्रा लिम्बुको उम्मेदवारी खारेज भएको छ । लिम्बुलाई नेकपा एमालेले वडा सदस्यमा उम्मेदवारी उठाएको थियो । उजुरी परेर आवश्यक छानविन गरेपछि लिम्बुको उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए ।लिम्बु केराबारी गाउँपालिकाको महिला स्वयंसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो । निर्वाचन कार्यालयले उक्त उजुरी उपर निर्णय गरि