काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो च्याटबोटलाई नयाँ स्वरुपका साथ ग्राहकमाझ ल्याएको छ । आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरुलाई दिने विश्वास कम्पनीले लिएको छ । आईएमई लाइफ इन्स्योरेन्सले एकवर्ष अघि आजकै दिनदेखि आफ्ना ग्राहकलाई च्याटबोट सेवा उपलब्ध गराएको थियो । […]