मिजोरममाथिको ‘अनौपचारिक’ आर्थिक नाकाबन्दी अन्त्य

गत १० दिनदेखि असममा रोकिएका अत्यावश्यक वस्तु बोकेका ट्रकहरु चल्न थालेका छन् । योसँगै गत जुलाई २६ मा भएको झडपपछि लागू अनौपचारिक आर्थिक नाकाबन्दी अन्त्य भएको छ । सो झडपमा असमका ६ प्रहरीका साथै एक स्थानीयको मृत्यु भएको थियो । असमका दुई मन्त्रीले स्थानीयलाई ती गाडी जान दिनका लागि मनाएपछि नाकाबन्दी अन्त्य भएको हो ।यसअघि दुई राज्यका स्थानीय अधिकारीबीच भएका कयौँ चरणका वार्तापछि पनि गतिरोध अन्त्य हुन सकेको थिएन । तर, मन्त्रीद्वय अशोक सिंघल र परिमल शुक्लावैद्य शनिबार साँझ लैलापुर सीमा पुगेर ट्रकलाई रोकेर