काठमाण्डाै – नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्ष हुनु भएको छ ।
शनिबार भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहोरा परिषदको अध्यक्षमा चयन हुनु भएको हो । अध्यक्षमा चयन भएलगत्तै उहाँले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको सपथ लिनुभयो । बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको केन्द्रीय कमिटीमा नेतृत्वका लागि दावी गर्न पाउनु भएको थिएन । नवौं महाधिवेशनमा उहाँ पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित हु...